काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७६ रनको प्रतिस्पर्धी योगफल बनायो। चितवनका ओपनर डविड र अर्जुनले पहिलो विकेटका लागि १३.४ ओभरमा १ सय १२ रनको साझेदारी गरे ।
डविडले ५४ बल खेल्दै ८० रन बनाए । उनले ४ चौका, ५ छक्का हाने । अर्जुनले ३९ बलमा ५२ रन बनाए भने ४ चौका र ३ छक्का हाने । कप्तान कुशल मल्लले ३० बनाउँदै नटआउट खेले । अरु ब्याट्स मेनले उल्लेखिय खेल प्रस्तुत गरेनन् । जनकपुरका अनिल साह, माज सदाकत, लफ्टी इटोन र रुपेश सिंहले समान १–१ विकेट लिए।