शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ

सोमबार, मंसिर १५ २०८२

काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कलंकीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ७ ग्राम ४ सय १० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ५६ हजार ६ सय रूपैयाँ सहित सिन्धुली मरिण गाउँपालिका–७ घर भएका २६ वर्षीय युवराज लाखेलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–४ भसन्थलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १२ ग्राम ७ सय ६० मिलिग्राम सहित सोही नगरपालिका–४ पासीकोट बस्ने मोरङ बेलबारी नगरपालिका–११ घर भएका २४ वर्षीय दिपेश घतानीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको लु.प्र ०३–००१ प ०९६३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

मोरङको रतुवामाई नगरपालिका–२ डोरियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम १० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका–१ बस्ने २३ वर्षीय दिपेश धिमाल र ३३ वर्षीय पूर्ण बहादुर जोगी रहेका छन् । इलाका प्रहरी कार्यालय सिजुवा र इलाका प्रहरी कार्यालय डोरियाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१–०२–०४७ प ८००२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

रौतहटको चन्द्रपुर नगरपालिका–४ सुन्दरबस्ती टोल बस्ने ३३ वर्षीय सुमन तामाङ योन्जनलाई अवैध लागूऔषध गाँजा करिब ४ किलो ७ सय ५० ग्राम सहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका–१० बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ५ सय ४० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१२ बस्ने २१ वर्षीय प्रशान्त ऐर र २० वर्षीय अरुण राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलालीको टीकापुर नगरपालिका–४ बाघमाराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय प्रशान्त चौधरी १९ वर्षीय बिश्राम चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापाको झापा गाउँपालिका–४ लसुनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २५ मिलिग्राम सहित शिवसताक्षी नगरपालिका–११ बस्ने २६ वर्षीय निशान न्यौपाने समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोद समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुनसरी, बराहक्षेत्र नगरपालिका–७ बत्तीस टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८७ ट्याब्लेट र स्पास्पेन ८८ ट्याब्लेट सहित सोही नगरपालिका–६ ठाकुरबारी बस्ने पर्वत मोदी गाउँपालिका–६ घर भएका २७ वर्षीय दिनेश तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

चितवनको भरतपुर महानगरपालिका–१७ गोब्रेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही महानगरपालिका–१७ बस्ने २४ वर्षीय रबिन परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी चितवनको भरतपुर महानगरपालिका–१८ सिमरी टाउन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही महानगरपालिका–१७ बस्ने ३७ वर्षीय अमिर गुरूङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.५६ प ९३८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

दाङको घोराही उपमहानगरपालिका–१५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१४ मिलन चोक बस्ने २४ वर्षीय बिशाल बुढा मगर र सोही उपमहानगरपालिका–१५ दिपशिखा चोक बस्ने २७ वर्षीय भिमसेन थापा मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।