काठमाडाैं । अजमान, यूएईको करवान मैदानमा एसिसी पुरुष यु–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) भिड्दैछन्। नेपालले टस जितेर फिल्डिङ रोजेको छ र बलिङ सुरु गरेको छ।
नेपालले फाइनलमा स्थान बनाउन मलेसियालाई नौ विकेटले हराएको हो भने यूएईले ओमानलाई आठ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो। फाइनलमा पुगेका दुवै टोली एसिया कपका लागि सिधै छनोट भइसकेका छन्।
सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानको खेल सोमबार हुनेछ। मलेसिया र ओमानबीच खेलिने उक्त खेलमा विजेताले पनि एसिया कपमा स्थान पाउनेछन्। प्रतियोगितामा कुल १४ टोलीले सहभागिता जनाएको थियो।