बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

कामना सेवा विकास बैंक लिमिटेडको १० हजार कित्ता सेयर बिक्रीमा

सोमबार, मंसिर १५ २०८२

काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले १० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो।

बिक्रीमा राखिएको सेयरमा बैंकको संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्ने छ।

साथै, निर्धारित समयभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पिन आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।