बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

एनपीएल : चितवन राइनोजविरुद्ध काठमाण्डु गोर्खाजको जित

शुक्रबार, मंसिर १२ २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० सिजन–२ मा काठमाण्डु गोर्खाजले चितवन राइनोजलाई ५३ रनले पराजित गरेको छ।

टीयु क्रिकेट मैदानमा भएको खेलमा काठमाण्डुले प्रस्तुत गरेको १४३ रनको लक्ष्य पछ्याउने क्रममा चितवन १७।२ ओभरमा ८९ रनमै समेटियो।

चितवनका लागि देव खनाल र रवि बोपाराले समान २१(२१ रन जोडे भने सोहिल तन्विरले १८ रन योगदान दिए। अरु कुनै पनि ब्याटर दोहोरो अंकमा रन बनाएनन्।

काठमाण्डुको तर्फबाट रसिद खानले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएका थिए। कप्तान करण केसी, शाहव आलम र मिलिन्द कुमारले २–२ विकेट तथा सन्तोष यादवले १ विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाण्डु १९।४ ओभरमा १४२ रनमा अलआउट भएको थियो। टोलीका लागि जोन सिम्पसोनले आक्रामक ६० रन बनाए। २९ बलमा ३ चौका र ५ छक्का प्रहार गरेका उनले मिलिन्द कुमारसँग चौथो विकेटका लागि ९८ रनको साझेदारी गरे। मिलिन्दले ३८ रन जोडे।

चितवनका सोहिल तन्विर बलिङमा सर्वाधिक प्रभावशाली रहे। ४ ओभरमा २५ रन खर्चेर उनले ४ विकेट लिए। रञ्जित कुमार र कमलसिंह ऐरीले २–२ विकेट तथा रवि बोपाराले १ विकेट लिए।

यो जितसँगै काठमाण्डुले प्रतियोगितामा तेस्रो जीत दर्ता गरेको छ भने चितवन राइनोजले तेस्रो हार बेहोर्नुपरेको छ।