काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा काठमाण्डु गोर्खाजले चितवन राइनोजलाई १४३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डु १९ ओभर ४ बलमा १४२ रनमै अलआउट भयो।
काठमाण्डुका लागि जोन सिम्पसोनले उत्कृष्ट प्रदर्शन गर्दै २९ बलमा ३ चौका र ५ छक्काको मद्दतमा ६० रन बनाए।
उनी र मिलिन्दले चौथो विकेटका लागि ९८ रनको महत्वपूर्ण साझेदारी गरे।