बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

एनपीएल : लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिला ब्याटिङ गर्दै

बिहिबार, मंसिर ११ २०८२

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बिहीबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच खेल हुने भएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर लुम्बिनी लायन्सले पहिला ब्याटिङ गर्ने मौका पाएको छ।

सुदूरपश्चिम रोयल्स यस खेलमा लगातार चौथो जित निकाल्ने लक्ष्यमा छ। यसअघि उनीहरूले कर्णाली याक्स, पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजलाई पराजित गर्दै शतप्रतिशत जित दर्ता गरिसकेका छन्।

लुम्बिनी लायन्स भने दोस्रो जितको खोजीमा छ। यसले अघिल्ला तीन खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्सलाई हराएको छ भने चितवन राइनोजसँग बराबरीमा पुगेको थियो।

आजको खेलले दुवै टिमको तालिका र जीतको क्रम निर्धारण गर्ने छ।