बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

टी–२० विश्वकप २०२६ का लागि तालिका सार्वजनिक, समूह ‘सी’ मा पर्‍यो नेपाल

बुधबार, मंसिर १० २०८२

काठमाडाैं ।  नेपाल समूह ‘सी’ मा परेको छ। नेपालको समूहमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली रहेका छन्।

नेपालले समूह चरणका सबै खेल भारतको मुम्बईस्थित वाङखडे स्टेडियममै खेल्नेछ। नेपालको पहिलो खेल फेब्रुअरी ८ मा इंग्ल्यान्डविरुद्ध हुनेछ। दोस्रो खेल फेब्रुअरी १२ मा इटालीसँग, तेस्रो खेल फेब्रुअरी १५ मा वेस्ट इन्डिजसँग र चौथो खेल फेब्रुअरी १७ मा बंगलादेशसँग हुने तालिका छ।

विश्वकपका समूहहरू
समूह ए: भारत, पाकिस्तान, अमेरिका, नेदरल्याण्ड्स, नामिबिया
समूह बी: श्रीलंका, अष्ट्रेलिया, आयरल्याण्ड, जिम्बाब्वे, ओमान
समूह सी: इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश, नेपाल, इटाली
समूह डी: न्यूजील्याण्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा, युएई

२०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म सञ्चालन हुने यो विश्वकप भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्दैछन्। कुल २० राष्ट्र यो प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।