शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी एआईजी कार्कीलाई

मंगलबार, मंसिर ९ २०८२

काठमाडौं । काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी नवनियुक्त अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले पाएका छन्।

मन्त्रिपरिषद् बैठकले कार्कीलाई एआईजीमा बढुवा गर्दै उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापन गर्ने निर्णय गरेको हो । एआईजी दानबहादुर कार्की २४ कात्तिकमा आईजीपीमा नियुक्त भएसँगै एआईजीविहीन थियो ।

कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत कार्कीलाई सोमबार बसेको मन्त्रीपरिषद बैठकले एआईजीमा बढुवा गर्दै उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी दिएको हो । एआईजी कार्की आईजीपी दानबहादुर कार्कीकै ब्याची हुन्।