काठमाडौँ । सर्वोच्च अदालतमा तोडफोड र आगजनी गरेका आरोपमा नेपाल प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। झापाको भद्रपुरका २८ वर्षीय ज्योति थापा घताने र ललितपुर महालक्ष्मीस्थानका ३० वर्षीय सुशील श्रेष्ठलाई पक्राउ गरी प्रहरीले आइतबार सार्वजनिक गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतको भवनमा गरिएको तोडफोड, आगजनी, लुटपाट तथा सुरक्षाकर्मीको हतियार लुटिएको घटनामा उनीहरू संलग्न भएको ठहरपछि पक्राउ गरिएको हो।
उनीहरूलाई आपराधिक उपद्रव गर्न नहुने कसुरमा जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रवक्ता भट्टराईले जानकारी दिए।