बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

एनपीएलः सोमबार त्रिवि रंगशालामा दुई खेल हुने

आइतबार, मंसिर ७ २०८२

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आइतबार विश्राम दिइएको छ भने भोलि सोमबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा दुई खेल आयोजना हुने भएको छ।

पहिलो खेल बिहान ११ः४५ बजे जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सबीच हुनेछ भने दोस्रो खेल दिउँसो ४ः०० बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच खेलाइनेछ।

हालसम्मको अंकतालिकाअनुसार दुई–दुई खेल खेलेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स चार–चार अंकसहित शीर्ष स्थानमा छन्। तीन खेल खेलिसकेको काठमाडौँ गुर्खाज दुई अंकसहित तेस्रो स्थानमा रहेको छ। दुई खेल खेलेको पोखरा एभेन्जर्स दुवैमा पराजित हुँदै पुछारमा छ।

मङ्सिर १ गतेदेखि सुरु भएको एनपीएलमा आठ फ्रेन्चाइज टोली—जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किङ्ग्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स—प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगिता मङ्सिर २७ गते फाइनल खेलसँगै सम्पन्न हुनेछ।