झापा । बिर्तामोड नगरपालिका–७ मियाबारीस्थित रेखा खोलामा शव फेला परेको छ। घटनास्थलमा प्रहरी पुगेपछि दुई जनालाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरिएको छ।
अनारमनी इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठका अनुसार बिर्तामोड–६ निवासी ५२ वर्षीय आनन्द चौधरीको शव स्थानीयले गएराति फेला पारेपछि प्रहरीलाई जानकारी दिएका थिए। प्रहरी टोली घटनास्थलमा पुगेर कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ।
घटनासम्बन्धी अनुसन्धानका क्रममा सोही स्थानका ४८ वर्षीय पुरन चौधरी र ३२ वर्षीय श्याम चौधरीलाई पक्राउ गरिएको छ। दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।