काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने बस्तु करिब ३ किलो ३ सय ग्राम सहित भारतीय नागरिक २७ वर्षीय सरोज कालिल बुधबार दिउँसो पक्राउ परेका छन् । थाई लायन एयरको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थाल सुरक्षा कार्यालय र भन्सार कार्यालय समेतबाट खटिएको संयुक्त टोलीले जाँच गर्दा उनको लगेजबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ।
कास्कीको पोखरा महानगरपालिका–८ बगालेटोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ७ ग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–८ बगालेटोल बस्ने २८ वर्षीय जाबेद हुसेन र २४ वर्षीया अनु श्रेष्ठ रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
बाँकेको कोहलपुर नगरपालिका–११ गोलपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ७० मिलिग्राम सहित सोही नगरपालिका–११ डेरा गरी बस्ने दैलेख दुल्लु नगरपालिका–४ घर भएकी २६ वर्षीया राधा कार्कीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
सुनसरीको धरान उपमहानगरपालिका–४ गौरीगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३४ वर्षीय अनिल राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी पत्रङबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
ताप्लेजुङको फुङलिङ नगरपालिका–२ सेती धाराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४४ ट्याब्लेट र डाईक्लोमाइन ४४ ट्याब्लेट सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–४ भेटनरी चोक बस्ने २६ वर्षीय जापान लिम्बु र सोही नगरपालिका–२ बस्ने २६ वर्षीय सन्तोष लिम्बु रहेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
सिराहाको कर्जन्हा नगरपालिका–३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५ ग्राम ६ सय मिलिग्राम सहित लहान नगरपालिका–१ लहान मटेरबा टोल बस्ने २२ वर्षीय अमित यादवलाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र–०३–००१ ख २६५४ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
बर्दियाको राजापुर नगरपालिका–४ राजापुर बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय बिनय चौधरीलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
झापाको बाह्रदशी गाउँपालिका–३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६३ ग्राम २० मिलिग्राम सहित झापा गाउँपालिका–५ पन्थापडा बस्ने २० वर्षीय अडसाद अलीलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा समेतबाट खटिएको प्रहरीले मे.८ प ८१४० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ जोरपाटी बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित धनकुटा नगरपालिका–१ त्रिशुले बस्ने उदयपुर बेलका नगरपालिका–९ घर भएका २२ वर्षीय अर्जुन कार्कीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।