काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आइसिसी टी–२० आई अलराउण्डर वरीयतामा सातौं स्थानमा झरेका छन् । आइसिसीले मंगलबारसम्मको अपडेट राखी बुधबार सार्वजनिक गरेको वरीयताअनुसार दीपेन्द्र सातौंमा झरेका हुन् ।
नेपालले पछिल्लो समय कुनै टी–२० आई खेलेको छैन । अन्य खेलाडीको वरीयता फेरबदल हुँदा दीपेन्द्र खस्केका हुन् । यद्यपि दीपेन्द्रको रेटिङ अंक भने यथावत् छ । उनको २०२ अंक रेटिङ छ ।
अलराउण्डर वरीयताको शीर्ष स्थानमा पाकिस्तानका सायम अयुब कायमै हुनुहुन्छ । दोस्रोमा सिकन्दर राजा, तेस्रोमा वेष्ट इण्डिजका रस्टन चेज र चौथोमा अफगानिस्तानका मोहम्मद नाबी यथावत् छन् । वेष्ट इण्डिजका रोमारियो शेपहर्ड पाँचौंमा उक्लँदा भारतका हार्दिक पाण्ड्या छैटौंमा झरेका हुन् । कुशल भुर्तेल अलराउण्डर वरीयतामा २५औँ स्थानमा यथावत् छन् ।