काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज काठमाडौँ गोर्खाज र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । काठमाडौँ दोस्रो जितको खोजीमा रहेको छ भने सुदूरपश्चिम प्रतियोगितामा उत्कृष्ट सुरुआत गर्ने लक्ष्यमा छ । काठमाडौँले उद्घाटन खेलमै साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गर्दै उत्तम सुरुआत गरेको थियो ।
काठमाडौँ गोर्खाजको कप्तानी करण केसीले सम्हालिरहेका छन् । उनकी टोलीमा भीम सार्की, मोहम्मद आदिल आलम, शाहब आलम, बेन चार्ल्सवर्थ, गेरहार्ड इरासमस, दीपेश कँडेल, मिलिन्द कुमार, राशिद खान, उत्तम थापा मगर (विकेटकिपर), सन्नी पटेल, जोन सिम्पसन (विकेटकिपर), प्रतीक श्रेष्ठ, आकाश त्रिपाठी, तुलबहादुर थापा, रिकार्डो भास्कोनसेलोस (विकेटकिपर), सन्तोष यादव र सोनु देवकोटा रहेका छन् ।
सुदूरपश्चिम रोयल्सको नेतृत्व नेपाली राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीले गरिरहेका छन् । उनको टोलीमा विनोद भण्डारी (विकेटकिपर), अविनाश बोहरा, दीपक बोहरा (विकेटकिपर), मिलन बोहरा, जोश ब्राउन, हेमन्त धामी, स्कट कुगेइलिन, क्रिस लिन, इशान पाण्डे, टेक रावत (विकेटकिपर), नरेन साउद, हर्मित सिंह, आरिफ शेख, दीपेन्द्र थापा (विकेटकिपर) र हिम्मत महरा छन् ।
काठमाडौँको प्रशिक्षकमा नेपाली राष्ट्रिय टिमका पूर्वप्रशिक्षक मोन्टी देशाई छन् भने सुदूरपश्चिमलाई प्रशिक्षक जगत टमाटाले नेतृत्व गरिरहेका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोलीको सहभागिता छ ।