शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

हत्या गरेको अभियोगमा पक्राउ

सोमबार, मंसिर १ २०८२

दाङ । आफ्नै श्रीमती २५ वर्षीया सिता सुनारको हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका–१८ गिठेपानीस्थित पुस्तक पसल गरी बस्ने रोल्पा परिवर्तन गाउँपालिका–१ घर भएका २३ वर्षीय सन्जु सुनारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

सन्जुले सितालाई सामान्य विवादका कारण हत्या गरेको भनि वडा प्रहरी कार्यालय घोराहीमा जानकारी गराउनासाथ प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।