शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

कतार पठाइदिन्छु भन्दै ठगी गर्ने काठमाडौंबाट पक्राउ

सोमबार, मंसिर १ २०८२

काठमाडौं । वैदेशिक रोजगारीको नाममा आकर्षक तलबको प्रलोभन देखाई कतार पठाइदिन्छु भन्दै १० लाख रुपैयाँ ठगी गरेको आरोपमा ४४ वर्षीय आनन्द कुमार साह पक्राउ परेका छन्। साह काठमाडौं महानगरपालिका–३ बस्ने र महोत्तरीको सम्सी गाउँपालिका–५ घर भएका हुन्।

पीडितबाट रकम लिएपछि साह सम्पर्कविहीन भएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले उनलाई काठमाडौं महानगरपालिका–७ बाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार साहलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।