काठमाडौँ । नेपाली क्रिकेटर शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्।
हङकङमा जारी हङकङ सिक्सेसमा नेपालको अन्तिम खेलपछि उनले आफ्नो अन्तर्राष्ट्रिय करियर समाप्त गरेका हुन्।
शरद नेपालले पहिलोपटक सन् २०१४ मा टी–२० विश्वकपमा खेल्दा टोलीमा सदस्य थिए। ३७ वर्षका भेषावकरले नेपालबाट ४ ओडिआई र २० टी–२० आई खेल खेलेका छन्। ओडिआईमा उनले ६६ रन बनाएका र २ विकेट लिएका थिए भने टी–२० आईमा ३२५ रन बनाएका छन्।
क्यानले हङकङ सिक्सस् प्रतियोगिताका लागि शरदको कप्तानीमा ७ सदस्यीय टोली पठाएकाे थियाे ।