बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

चन्द्रागिरि केबलकार तथा रिसोर्ट ६० दिनपछि पुनः सञ्चालनमा

शुक्रबार, कार्तिक २१ २०८२

काठमाडौँ । झण्डै दुई महिनापछि चन्द्रागिरि केबलकार तथा रिसोर्ट शनिबार बिहानदेखि पुनः सञ्चालनमा आउने भएको छ। भदौ २४ गते भएको तोडफोडका कारण केबलकारको बटम स्टेसनमा क्षति पुग्दा सेवा अवरुद्ध भएको थियो।

कम्पनीका अनुसार अष्ट्रियाको डोपलमेयर कम्पनीका उच्च प्राविधिक बोलाई आवश्यक मर्मत, सुरक्षा परीक्षण तथा थप निरीक्षणका कार्य पूरा भएपछि यात्रुका लागि सेवा सुरक्षित र सहज बनाइएको छ।

सेवा पुनः सुचारु भएपछि भक्तजनहरूलाई भालेश्वर महादेव मन्दिर दर्शन गर्न सहज हुने र पर्यटकहरूले रिसोर्टको आतिथ्यसहित अन्य सेवाहरू उपभोग गर्न सक्ने भएका छन्।

चन्द्रागिरि हिल्सका अध्यक्ष हेमराज ढकालले केबलकार सेवा पुनः सञ्चालनमा ल्याउन खटिएका प्राविधिक टोलीप्रति आभार व्यक्त गर्दै भक्तजन र पर्यटकहरूको धैर्यताका लागि धन्यवाद दिए। उहाँले सेवा पुनः सुरु भएपछि उपत्यकाको मनोरम दृश्य र शान्त वातावरणको आनन्द लिन आउने सबैलाई स्वागत गरे ।

सेवा बन्द हुनु अघि चन्द्रागिरि केबलकारमार्फत दैनिक करिब दुई हजार भक्तजन र पर्यटकले सेवा लिने गरेका थिए। चन्द्रागिरि हिल्स व्यवस्थापनले सेवा सञ्चालनमा सहयोग गर्ने स्थानीय समुदायप्रति पनि आभार व्यक्त गरेको छ।