काठमाडौं । नविल बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा झण्डै दुई अर्ब रुपैंयाँ खुद मुनाफा कमाएको छ । बैंकले बिहिबार सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा बैंकले एक अर्ब ७५ करोड ६९ लाख ९१ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ। गत आवको सोही अवधिमा भने बैंकले दुई अर्ब पाँच करोड ६५ लाख ९० हजार रुपैंयाँ खुद मुनाफा कमाएको थियो।
हाल चुक्ता पुँजी २७ अर्ब पाँच करोड ६९ लाख ९७ हजार रुपैंयाँ रहेको बैंकले चालु आवको पहिलो त्रैमासमिा पाँच खर्ब ५६ अर्ब ६१ करोड ८५ लाख पाँच हजार रुपैंयाँ निक्षेप संकलन गरी चार खर्ब २१ अर्ब दुई करोड ६६ लाख छ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा तीन अर्ब ९० करोड १२ लाख ६० हजार रुपैंैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शुन्य दशमलव ९७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ।
गत आवको सोही अवधिमा भने बैंकले पाँच खर्ब २४ अर्ब ६२ करोड ५९ लाख ५९ हजार रुपैंयाँ निक्षेप संकलन गरी चार अर्ब १२ अर्ब ७९ करोड ५५ लाख ४७ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार अर्ब १४ करोड दुई लाख ८५ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव ४२ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ।