काठमाडौं । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुजित कुमार शाक्य नियुक्त भएका छन् । बैंक सञ्चालक समितीको यही कात्र्तिक १७ गते सोमबार बसेको संञ्चालक समितिको बैठकले शाक्यलाई प्रमुख कार्यकारी अधिकृतका नियुक्त गर्नै निर्णय गरेको हो ।
हाल नबिल बैंकको सिनियर डिसिओकोरुपमा कार्यरत शाक्लाई चार बर्षको लागि प्रमुख कार्यकारीमा नियुक्त गरिएको बैंकले जानकारी दिएको छ । नवनियुक्त प्रमुख कार्यकारी शाक्यले अबको ३० दिन भित्रमा बैंकको जिम्मेवारी सम्हाल्नेछन ।