काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको खेलमा नेपालले अमेरिकाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।
दुबईस्थित आईसीसी एकेडेमी मैदानमा टस जित्दै अमेरिकाले पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो।
सिरिजका अघिल्ला दुवै खेलमा पराजित भएको नेपाल आजको खेलमा पहिलो जितकाे खोजीमा रहनेछ।
नेपालले यसअघि अमेरिकासँग पहिलो खेलमा १०६ रनले र दोस्रो खेलमा यूएईसँग ५ विकेटले हार बेहोरेको थियो। आजको खेल नेपालको आत्मविश्वास पुनःस्थापनाको अवसरका रूपमा हेरिएको छ।