बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

आइसिसी विश्वकप लिग-२ : नेपाल दोस्रो पटक पराजित

शुक्रबार, कार्तिक १४ २०८२

काठमाडौं । युएईविरुद्धको दोस्रो खेलमा नेपाल ५ विकेटले पराजित भएको छ।

दुबईमा विहीबार सम्पन्न खेलमा पहिले ब्याटिङ गर्दै नेपालले ५० ओभरमा २३४ रनको लक्ष्य प्रस्तुत गरे पनि युएईले सो लक्ष्य पाँच विकेटको क्षतिमा सहजै पछ्याउँदै जित हात पारेको हो।

नेपालका शीर्षक्रमका ब्याटरहरू फेरि पनि अपेक्षित प्रदर्शन गर्न नसक्दा टोली दबाबमा परेको थियो। युएईका बलरहरूले नियमित अन्तरालमा विकेट लिँदै नेपाललाई ठूलो स्कोर बनाउनबाट रोक्न सफल भए।

नेपालका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट प्रदर्शन गर्दै १३० बलमा १०९ रनको शतक प्रहार गरे।

त्यसअघि आसिफ शेखले ३५, आरिफ शेखले २७, दीपेन्द्रसिंह ऐरीले २३, र करण केसीले १३ रन जोडे।
अन्य ब्याटरहरू उल्लेखनीय योगदान दिन असफल रहे।

बलिङमा नेपालका सन्दीप लामिछानेले दुई विकेट, जबकि करण केसी र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए।

युएईका ब्याटरहरूले संयमित खेल प्रदर्शन गर्दै सुरुवातमा केही विकेट गुमाए पनि मिडल अर्डरले टिमलाई सहज जितसम्म पुर्‍यायो।

यो हारसँगै नेपाल त्रिकोणात्मक सिरिजमा लगातार दोस्रो पराजय बटुल्दै सिरिजमा पछि परेको छ। यसअघि नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको थियो।