काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले आफ्नो पदबाट राजीनामा दिएका छन्।
यस जानकारी अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले सार्वजनिक गरेको छ।
गत फागुनमा एन्फा र अस्ट्रेलियाली प्रशिक्षक रसबीच एक वर्षका लागि सम्झौता भएको थियो। तर करिब आठ महिनामै उनीले पदबाट राजीनामा दिएका हुन्। एन्फाका महासचिव किरण राईका अनुसार राजीनामाको कारणबारे पछि जानकारी दिइनेछ।
रसको प्रशिक्षणमा आठ महिनामा नेपाली टोलीले सात अन्तर्राष्ट्रिय खेल खेलेको थियो। ती खेलमध्ये नेपालले एक खेल जितेको, दुई खेल बराबरी खेलेको र चार खेलमा पराजित भएको थियो।
रसको प्रशिक्षणमा खेलेको पहिलो खेलमा नेपालले सिङ्गापुरलाई हराएको थियो।