काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिम आज भारतविरुद्ध मैत्रीपूर्ण खेलमा उत्रिँदैछ । खेल भारतको शिलोङस्थित जवाहरलाल नेहरू रंगशालामा साँझ सवा ६ बजेदेखि सुरु हुने छ ।
फिफा वरियतामा नेपाल ८९औं स्थानमा रहेको छ भने भारत ६३औं स्थानमा छ । दुवै टिमबीच अहिलेसम्म १८ खेल भएका छन्, जसमा नेपालले २ खेल जितेको, ५ खेल बराबरी खेलेको र ११ खेल भारतले जितेको छ ।
नेपालले यसअघि इरानविरुद्धको मैत्रीपूर्ण खेलमा ३–० ले पराजय व्यहोरेको थियो ।
यसपटकको खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले सावित्रा भण्डारी ‘साम्बा’को कप्तानीमा २३ सदस्यीय टोली भारत पठाएको छ ।