शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

जेन–जी आन्दोलनका क्रममा लुटिएका तीन गोलीसहित दुई युवक पक्राउ

शनिबार, कार्तिक ८ २०८२

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा लुटपाट भएको हतियारसम्बन्धी घटनामा प्रहरीले तीन थान गोलीसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ।

प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले नरेफाट क्षेत्रमा आकस्मिक अपरेसन (एम्बुस) सञ्चालन गर्दै ती दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा बर्दिया, बढैयाताल–३ निवासी १७ वर्षीय अनिश गिरी (हाल काठमाडौं कपन बसोबास) र झापा, झिलझिले निवासी १६ वर्षीय सोनम थापा मगर (हाल मालीगाउँ, आनन्द भैरव मार्ग बसोबास) रहेका छन्।

प्रारम्भिक बयानअनुसार उनीहरूले दरबारमार्ग क्षेत्रमा आन्दोलनका क्रममा गोली फेला पारेको र जिज्ञासावश साथमा राखेको बताएका छन्। तर, सोही क्रममा लुटिएका हतियारको विषयमा आफूहरू अनभिज्ञ रहेको बताएको प्रहरीले जनाएको छ।

प्रहरीले हाल उनीहरूलाई थप अनुसन्धानका लागि नियन्त्रणमा राखेको छ।