काठमाडौं । युएईमा हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ।
युएई र अमेरिकासँग हुने उक्त सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरिएको हो।
टी–२० विश्वकप छनोट खेल्ने टोलीबाट आदिल आलम, सन्दीप जोरा र लोकेश बमलाई यसपटक लिग–२ सिरिजमा समावेश गरिएको छैन। उनीहरूको स्थानमा भीम सार्की, अनिल शाह र शाहब आलमलाई मौका दिइएको छ।
लिग–२ सिरिज युएईमा अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म सञ्चालन हुनेछ।
