बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

बाढी पहिरो तथा अन्य क्षतिमा हालसम्म तीन अर्ब ३६ करोडको बीमा दावी

शुक्रबार, असोज ३१ २०८२

काठमाडौं । बाढी पहिरो तथा अन्य क्षतिमा हालसम्म तीन अर्ब ३६ करोडको बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार २०८२ साल असोज १८ गतेयताको अविरल बर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा कूल बीमा दाबी करिव तीन अर्ब २६ करोड ७६ लाख रुपैंयाँ परेको छ ।

विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र दुई वटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कूल सात सय चार वटा बीमा दाबीको करिव तीन अर्ब २६ करोड ७६ लाख रुपैंयाँ दाबी परेको प्राधिकरणले जानकारी दिएको छ ।