शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

पेट्रोलको मूल्य घट्यो

बिहिबार, असोज ३० २०८२

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। निगमले आज रातिदेखि लागू हुनेगरी पेट्रोल प्रतिलिटर २ रुपैयाँले घटाउने निर्णय गरेको हो।

मूल्य समायोजनपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर रु १५९ कायम गरिएको निगमले बुधबार विज्ञप्ति जारी गरेर जनाएको छ।

तर, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य यथावत राखिएको छ।

इण्डियन आयल कर्पोरेशनले पेट्रोलको मूल्य घटाएर पठाएपछि निगमले मूल्य समायोजन गरेको हो ।