बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

टी–२० विश्वकप छनोट : सुपर सिक्समा आज नेपाल र यूएई आमनेसामने

आइतबार, असोज २६ २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्स चरणमा नेपाल आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्दैछ।

समूह ‘बी’को विजेता बनेको नेपालले समूह ‘ए’को विजेता यूएईसँग सुपर सिक्सको पहिलो खेल खेल्न लागेको हो। समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले पराजित गर्दै शीर्ष स्थानमा रहँदै सुपर सिक्समा प्रवेश गरेको थियो। यसअघि नेपालले पहिलो खेलमा कुवेतलाई ५८ रनले हराएको थियो।

सुपर सिक्स चरणको पहिलो खेल आइतबार दिउँसो ४ः१५ बजे हुनेछ। यस चरणमा नेपालले यूएईसँगै कतार, ओमान र सामाओसँग पनि खेल्नेछ। नेपालले सोमबार कतारविरुद्ध, बुधबार ओमानविरुद्ध र असोज ३१ गते (शुक्रबार) सामाओविरुद्ध अन्तिम खेल खेल्ने तालिका छ।

सुपर सिक्समा रहेका नेपाल, यूएई, ओमान, जापान, कतार र सामाओमध्ये शीर्ष तीन टोलीले आगामी सन् २०२६ मा भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा स्थान बनाउनेछन्।