बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

टी-२० विश्वकप छनोट : समूह चरणको अन्तिम खेलमा आज नेपाल र जापान आमनेसामने

शुक्रबार, असोज २४ २०८२

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट-एशिया प्यासिफिक छनोट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा आज नेपालले जापानसँग प्रतिस्पर्धा गर्दैछ ।

दुवै टोली एक खेल अगावै ‘सुपर सिक्स’ चरणमा प्रवेश गरिसकेका कारण आजको खेलले समूह विजेता र उपविजेताको टुंगो लगाउनेछ ।

बिहीबार समूह ‘बी’को खेलमा जापानले कुवेतलाई पराजित गरेपछि नेपाल र जापान दुवैले सुपर सिक्समा स्थान सुनिश्चित गरेका हुन् । नेपालसँग पहिले नै पराजित भइसकेको कुवेत भने समूह चरणमै बाहिरिएको छ ।

समूह चरणको अन्तिम खेलको विजेताले सुपर सिक्समा अतिरिक्त अंकसहित प्रवेश पाउने भएकाले दुवै टोलीमाथि जित्ने दबाब रहेको छ । पहिलो खेलमा ५८ रनको प्रभावशाली जित निकालेको नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रिँदैछ ।

विश्वकप छनोटअन्तर्गत आज तीन खेल हुँदैछन् । पहिलो खेलमा बिहान ११:४५ बजे मलेसिया र संयुक्त अरब इमिरेट्स भिड्नेछन्, दोस्रो खेलमा दिउँसो ४:१५ बजे नेपाल र जापान आमनेसामने हुनेछन् भने तेस्रो खेलमा राति ८:४५ बजे ओमान र पपुवा न्यूगिनी खेल्ने कार्यक्रम छ ।