काठमाडौँ । साफ यू–१७ च्याम्पियनसिप अन्तर्गत नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको छ । खेल कोलोम्बो रेसकोर्स स्टेडियममा नेपाली समय अनुसार साँझ ७:१५ बजे सुरु हुनेछ ।
नेपालले यसअघि खेलेको पहिलो खेलमा श्रीलंकालाई २–० ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको थियो । सेप्टेम्बर १५ देखि २७, २०२५ सम्म श्रीलंकामा हुँदै गरेको प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका, भारत, पाकिस्तान, भुटान र माल्दिभ्स सहभागी छन् ।
नेपाल समूह ए मा श्रीलंका र बंगलादेशसँग परेको छ भने समूह बी मा भारत, पाकिस्तान, भुटान र माल्दिभ्स रहेका छन् । समूह चरणका खेलपछि हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । नेपालले दोस्रो खेल आज बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।