शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

एएफसी यु–२३ एसियन कप छनोट : नेपाल र ताजकिस्तानबीच आज उद्घाटन खेल

बुधबार, भाद्र १८ २०८२

काठमाडौँ । नेपालले आज राति ८:१५ बजे एएफसी यु–२३ एसियन कप छनोट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली ताजकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। खेल ताजकिस्तानको राजधानी डुसान्बेस्थित पामीर रंगशालामा हुनेछ।

नेपाल ‘के’ समूहमा रहेको छ, जसमा ताजकिस्तानसँगै फिलिपिन्स र सिरिया रहेका छन्। नेपालले दोस्रो खेल भदौ २१ मा सिरियासँग र तेस्रो खेल भदौ २४ मा फिलिपिन्ससँग खेल्नेछ। पहिलो खेलमा भने सिरिया र फिलिपिन्सबीच प्रतिस्पर्धा हुनेछ।

समूहको शीर्ष स्थान हासिल गर्ने टोलीले साउदी अरेबियामा हुने यु–२३ एसियन कपमा स्थान बनाउनेछ। साथै, चार उत्कृष्ट उपविजेताले पनि छनोट हुने प्रावधान छ।

नेपाली टोलीमा गोलकिपर: कृशल मोक्तान, अमित टमाटा, विशाल केसी; डिफेन्डर: विवेक गुरुङ, बिशाल नेपाली, लाहन सुब्बा, निग्मा लामा, राम थापा, शङ्कर थारु, सेमान्ता थापा; मिडपिल्डर: अभिषेक स्याङ्तान, आयुष घलान, एरोन थापा, निराज कार्की, दीपेश गुरुङ, कृतिश रत्न चुन्जु, पुजन थापा, सञ्जीव लामा, सन्तोष खत्री, सुजन मगर, सुमित श्रेष्ठ; फरवार्ड: रोहन खड्गी, निराजन धामी रहेका छन्।