बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

१७ वर्षमुनिको महिला च्याम्पियनसिप : आज नेपाल र भारतबीच खेल

बुधबार, भाद्र ४ २०८२

काठमाडौं । १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारतबीच खेल हुँदैछ।

भुटानको थिम्पुमा बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपाल सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ। खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ।

प्रतियोगितामा नेपाल, भारत, भुटान र बंगलादेश सहभागी छन्। प्रत्येक टोलीले दुई–दुई खेल खेलेपछि शीर्ष स्थानमा रहने टोली विजेता घोषित हुनेछ। नेपालले सन् २०२२ मा यो प्रतियोगिता जितेको थियो।

नेपालले अन्य खेलमा भदौ १३ गते भारत, ६ र १५ गते भुटान, र ८ र ११ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। नेपाली टोली सोमबार नै भुटान पुगेको छ।