शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

टप एन्ड टी–२० सिरिज : बंगलादेश ‘ए’ विरुद्ध प्रतिस्पर्धा नेपाल

शनिबार, साउन ३१ २०८२

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिज अन्तर्गत नेपालले आज दोस्रो खेलमा बंगलादेश ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

डार्विनस्थित मरारा क्रिकेट ग्राउण्ड २ मा दिउँसो नेपाली समयअनुसार सवा २ बजे खेल सुरु हुने कार्यक्रम छ । नेपाललाई रोहित पौडेलले नेतृत्व गर्नेछन् भने बंगलादेश ‘ए’ का कप्तान नुरुल हसन रहनेछन् ।

दुवै टोली पहिलो खेलमा पराजित भएका कारण आज पहिलो जितको खोजीमा हुनेछन् । नेपाल एनटी स्ट्राइकसँग ४२ रनले हारिएको थियो भने बंगलादेश ‘ए’ पाकिस्तान शाहीन्ससँग ७९ रनले पराजित भएको थियो ।

गत संस्करणमा उपविजेता बनेको बंगलादेश ‘ए’ मा अन्तर्राष्ट्रिय अनुभव भएका तथा बंगलादेश प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू समावेश छन् ।

२४ अगस्टसम्म डार्विन र पामरस्टनमा जारी प्रतियोगितामा नेपालसहित ११ टोलीले ३६ लिग खेल खेल्नेछन् । नेपालले आगामी खेलहरूमा मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग प्रतिस्पर्धा गर्नेछ ।