शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

टप एन्ड टी–२० सिरिज : नेपाल आज पहिलो खेल खेल्दै

शुक्रबार, साउन ३० २०८२

काठमाडौं । अस्ट्रेलियामा बिहीबारदेखि सुरु भएको टप एन्ड टी–२० सिरिजमा नेपाल आज पहिलो खेल खेल्दैछ।

पहिलो प्रतिस्पर्धामा नेपालले घरेलु टिम नर्दर्न टेरिटोरी स्ट्राइकरसँग शुक्रबार दिउँसो २:१५ बजे भिड्नेछ।

दोस्रो खेलमा नेपालले शनिबार बङ्गलादेश ‘ए’सँग सामना गर्नेछ भने तेस्रो खेल सोमबार मेलबर्न स्टार्सविरुद्ध हुनेछ।

चौथो खेल मंगलबार होबार्ट हुरिकेन्ससँग हुने तय भएको छ। त्यसपछि नेपालले अगस्ट २० मा मेलबर्न रेनेगेड्स र अगस्ट २२ मा पाकिस्तानको शाहीन्ससँग प्रतिस्पर्धा गर्नेछ।

११ टोली सहभागी यस सिरिजमा नेपालका लागि कप्तान रोहित पौडेलको नेतृत्वमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र साहब आलम रहेका छन्।