शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

एनपीएल अक्सन आज हुँदै

शनिबार, साउन २४ २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि आज खेलाडीको अक्सन (खेलाडी खरिद–बिक्री प्रक्रिया) हुँदैछ ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार अक्सन दिउँसो ३ बजेदेखि शुरू हुनेछ । अक्सनको प्रत्यक्ष प्रसारण नेपाल प्रिमियर लिगको आधिकारिक युट्युब च्यानलबाट गरिनेछ ।

अक्सनबाट विभिन्न आठ टोलीले बाँकी रहेका ३७ खेलाडी अनुबन्ध गर्नेछन् । यसअघि नै आठ टोलीले गत सिजनका आफ्ना ५१ खेलाडीलाई रिटेन गरिसकेका छन् ।

कूल चार सय ५८ जना खेलाडीले अक्सनमा सहभागी हुने चाहनासहित आफ्नो नाम दर्ता गराएका थिए । त्यसमध्येबाट क्यानको प्राविधिक समितिले आफ्नो मापदण्डभित्र परेका १५० जना खेलाडीको नाम सार्वजनिक गरेको छ ।