शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

क्यानको बोर्ड बैठक : एनपीएलको हिसाबकिताब पेश हुँदै

बिहिबार, साउन १५ २०८२

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठक मूलपानीमा बसिरहेको छ।

यस बैठकमा लामो समयदेखि अल्झिएको नेपाल प्रिमियर लिग (एनपीएल) को हिसाबकिताबबारे कुरा हुँदैछ ।

नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको समीक्षा र हिसाबकिताब पेश हुने भएकाले यो बैठकलाई निकै चासोका साथ हेरिएको छ । क्यानभित्रको असन्तुष्ट पक्षले एनपीएल अपारदर्शी भएको भन्दै बोर्डमा हिसाबकिताब देखाउनुपर्ने माग गर्दै आएको थियो ।

सचिव पारस खड्काले एनपीएल आयोजनाको समग्र संश्लेषण गर्नेछन् भने कोषाध्यक्ष पदम खड्काले आर्थिक प्रतिवेदन पेश गर्नेछन् । एनपीएलको पहिलो संस्करणमा क्यान मुनाफामा रहेको जनाइएको छ ।

यसअघि गत जेठमै उपाध्यक्ष रोशन सिंह र सात बोर्ड सदस्यहरूले एनपीएलको हिसाबकिताब बुझाउन माग गर्दै क्यानमा निवेदन दिएका थिए ।

क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई पत्र लेख्दै उनीहरूले एनपीएलको हिसाब किताब बोर्डले माग्दासमेत पाउन नसकेको बताएका थिए । हिसाब बोर्डबाट अनुमोदनसमेत नभएको गुनासो उनीहरूको थियो ।