बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

महिला फुटबल टोलीका प्रशिक्षक वाइल्डले पठाए राजीनामा

आइतबार, साउन ४ २०८२

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई राजीनामा पठाएका छन् ।

वाइल्डले केही दिनअघि इमेलमार्फत राजीनामा पठाएको अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतले जनाएको छ । उनले विवाद र व्यवस्थापनप्रतिको असन्तुष्टि कारण पदबाट पनि राजीनामा दिएका हुन् ।

वाइल्डले एन्फाका पदाधिकारीहरूको कार्यशैली अन्यौलपूर्ण र हस्तक्षेपपूर्ण भएको बताएका छन्। उनले कप्तान चयनदेखि किट व्यवस्थापनसम्म संस्थाले आफ्नो जिम्मेवारी पूरा नगरेको आरोप लगाएका छन् ।

एसियन कप छनोट दौरान कप्तान चयनको विषय विवादित बन्दा मुख्य प्रशिक्षक वाईल्ड र नेपाली टिम व्यवस्थापनबीच पनि विवाद भएको थियो ।

वाइल्डले एक अन्तर्वार्तामा एन्फा नसुध्रिए आफू नेपाल नफर्कने भन्दै उज्बेकिस्तानबाट आफ्नै देश बेल्जियम गएका थिए ।