आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सत्ता गठबन्धन आगामी निर्वाचनसम्म कायम रहन्छ : देउवा

मंगलबार, असार २४ २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एमाले) सँगको सत्तारुढ गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने दाबी गरेका छन् ।

केन्द्रिय समितिको बैठकमा समापन मन्तब्य दिने क्रममा देउवाले सञ्चारकर्मीसँग गठबन्धन बारे बाहिर आए जस्तो केहि पनि नभएको स्पष्ट पारे ।

देउवाले दुइ ठूला पार्टी मिलेर गठबन्धन बनाउदा स–साना समस्या आउनु स्वाभाविक भएको बताए । सबै समस्या छलफल गरेर समाधान गर्न सकिने उनको भनाइ थियो ।

उनले संविधानको व्यवस्थाले कुनै पनि दलको स्पष्ट बहुमत नआउने भएकाले गठबन्धन सरकार अपरिहार्य रहेको बताए। वर्तमान गठबन्धन पूरा समय टिक्ने सभापति देउबाले ठोकुवा गरे ।

गठबन्धनमा आएका सबै विषय सल्लाह र सहमतिमा अघि बढाउने देउवाले बताए ।