काठमाडाै । एसिसी यू–१६ इस्ट कप क्रिकेट प्रतियोगिताअन्तर्गत खेलमा मलेसियामाथि नेपालले ९ विकेटको जित निकालेको छ ।
नेपाललाई जितको लागि मलेसियाले ९१ रनको सामान्य लक्ष्य दिएको थियो। उक्त लक्ष्य नेपालले ११.४ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्यो ।
नेपालका लागि परिमार्जन यादवले ५९ रन बनाउँदै अविजित रहे । शिवांसु बजगाई २३ रनमा अविजित रहँदा प्रशिद्ध जैसी २ रन बनाएर आउट भएका थिए ।
बिहिबार भएको पहिलो सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल चौथो पटक फाइनलमा पुगेको हो।
क्वालालम्पुरस्थित सेलेङ्गार टर्फ क्लबमा भएको पहिलो सेमिफाइनल खेलमा टस हारेर पहिला व्याटिङको निम्तो पाएको मलेसिया ४३ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ९० रनमा अलआउट भएको थियो ।
मलेसियाका लागि मुहम्मद फातुल मुइनले सर्वाधिक ३८ रन बनाए । त्यसैगरी कप्तान दियाज पात्रोले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
नेपालका लागि अभय यादवले सर्वाधिक ४ विकेट लिए । त्यसैगरी सुभम खनालले तीन विकेट लिए भने कप्तान विपिनप्रसाद शर्मा र सचिन भट्टले समान १/१ विकेट लिए ।