शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

मलेसियाले नेपाललाई दियो ९१ रनको लक्ष्य

बिहिबार, असार १९ २०८२

काठमाडौं । एसीसी पुरुष यू–१६ इस्ट जोन कपको जारी खेलमा नेपालले मलेसियाबाट ९१ रनको सामान्य लक्ष्य पाएको छ।

मलेसियाको क्वालालाम्पुरस्थित सेलेङगोर टर्फ क्लबमा पहिले ब्याटिङ गरेको मलेसिया ९० रनमा समेटिएको हो।

टस जितेर पहिले फिल्डिङ रोजेको नेपाललाई सहज लक्ष्यतर्फ डोर्‍याउन शुभम् खनालले ४ विकेट लिए।

यो खेल जिते नेपाल दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि भिड्नेछ।

आजै हुने दोस्रो सेमिफाइनलमा हङकङ र सिगांपुर भिड्दै छन्।