काठमाडौं । एसीसी यू १६ इस्ट जोन अन्तरगत नेपालले लगातार तेस्रो जित निकालेको छ ।
आज भएको खेलमा नेपालले इन्डोनेशियालाई ३७० रनले पराजित गर्यो । विशाल लक्ष्य पछ्याएको इन्डोनेसिया २४.३ ओभरमा ५० रनमा अलआउट भयो ।
बलिङमा नेपालका बिपिन प्रसाद शर्माले ७.३ ओभरमा १२ रन मात्र दिएर ६ विकेट लिए । शुभम खनाल र सुगम बुढाथोकीले १/१ विकेट लिए ।
मलेसियामा जारी प्रतियोगिताअन्तर्गत टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पूरा ओभर खेल्दै ५ विकेटको क्षतिमा ४२० रन बनाएको थियो ।
नेपालका लागि प्रशिद्ध जैसीले शतक हाने । प्रशिद्धले इन्डोनेसियाविरुद्ध ६९ बलमा शतक पूरा गरे । उनले ११४ बलमा १३२ रन जोड्दै आउट भए ।
उनीसहित नेपालका चार ब्याटरले अर्ध शतक पूरा गरे । रौनक श्रीवास्तवले ८८ रन, पारसमणी यादवले ७१ रन र जोय थापाले ५७ रन बनाएका थिए ।