बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

यू १६ इस्ट जोन कप :

प्रशिद्ध जैसीकाे शतकमा नेपालले इन्डोनेसियालाई दियो ४२१ रनको विशाल लक्ष्य

आइतबार, असार १५ २०८२

काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटमा नेपालले इन्डोनेसियालाई दियो ४२१ रनको विशाल लक्ष्य दिएको छ ।

मलेसियामा जारी प्रतियोगिताअन्तर्गत टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ५ विकेट गुमाएर ४२० रन बनाएर इन्डोनेसियालाई ४२१ रनको विशाल लक्ष्य दिएको हो ।

जारी प्रतियोगितामा पनि यो सबैभन्दा उच्च योगफल हो ।

नेपालका लागि प्रशिद्ध जैसीले शतक हाने । प्रशिद्धले इन्डोनेसियाविरुद्ध ६९ बलमा शतक पूरा गरे । उनले ११४ बलमा १३२ रन जोड्दै आउट भए ।

उनीसहित नेपालका चार ब्याटरले अर्ध शतक पूरा गरे । रौनक श्रीवास्तवले ८८ रन, पारसमणी यादवले ७१ रन र जोय थापाले ५७ रन बनाएका छन् ।

केहीबेरमा इन्डोनेसियाले जवाफी ब्याटिङ गर्ने छ ।

हालसम्म नेपालले खेलेका दुवै खेल जितेको छ । नेपालले पहिलो खेलमा पहिलो खेलमा सिंगापुरलाई ५ विकेटले हराएको थियो ।

दोस्रो खेलमा जापानलाई ९ विकेटले पाखा लगाएको थियो ।