काठमाडौं । एसीसी पुरुष यु–१६ इस्ट जोन क्रिकेट प्रतोयोगिताको आफ्नो दोस्रो खेलमा नेपालले जापानविरुद्ध ९ विकेटकाे सहज जित निकालेको छ ।
जापानले दिएको ८० रन नेपालले १४.२ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्यो । टस जितेर पहिला ब्याटिङ गरेको जापान ३४ ओभर ३ बलमा ८० रनमा समेटिएको थियो ।
मलेसियास्थित कोजल टुन्कु जाफर ओभलमा जारी खेलमा बाँयाहाते स्पिनर शुभम खनालले पाँच विकेट लिएपछि जापान ८० रनमा अलआउट भएको थियो ।
जापानका लागि कप्तान चार्ली हाराहिन्जले सर्वाधिक ३६ रन बनाए ।
त्यस्तै गबी हाराहिन्जले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
नेपाल लागि प्रशिद्ध जैशीले ३३ रन बनाए भने शिवान्स बजगाईँले ३८ रन जोडे ।
नेपालका शुभम खनालले पाँच विकेट लिए भने अभय यादवले दुई तथा सुशील रावल र विपिनप्रसाद शर्माले समान एक–एक विकेट लिए ।
यसअघि नेपालले पहिलो खेलमा सिङ्गापुरलाई छ विकेटले हराएको थियो ।