काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सरेको छ ।
यसअघि असार १५ गतेका लागि बोलाइएको बैठक विशेष कारण देखाउँदै कांग्रेसले एक दिन पछि सारेको हो ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै अब असार १६ गते सोमबार केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने जानकारी दिएका छन् ।
बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, एमालेसँगको सहकार्य र सरकारको समीक्षा, पार्टीको १५ औँ महाधिवेशनलगायतको विषयमा छलफल हुने बताइएको छ ।