शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

त्रिकोणात्मक टी–२० : नेपाल आज स्कटल्याण्डसँग खेल्दै

मंगलबार, असार ३ २०८२

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेलमा नेपाल आज स्कटल्याण्डसँग खेल्दै छ ।

आज बेलुका ७ :४५ बजेदेखि खेल सुरु हुनेछ । नेपाल र स्कटल्याण्ड आज टी–२० सिरिजमा पहिलो पटक खेल्न लागेका हुन् ।

सन् २०१३ को टी–२० विश्वकप छनोटमा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको थियो । नेपालले टी–२० आई मान्यता पाएपछि भने स्कटल्याण्डसँग खेलेको छैन ।

पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३९ रनले हराउँदै स्कटल्यान्ड आत्मविश्वासका साथ दोस्रो जितको खोजीमा हुनेछ।

त्यसोतर्फ, पहिलो खेलमा नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरसम्म संघर्ष गरे पनि हार बेहोरेको नेपालका लागि यो खेल पहिलो जित निकाल्ने अवसर हुनेछ।

आईसीसी विश्वकप लिग २ को समापनपछि आयोजित त्रिकोणात्मक सिरिजमा नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स प्रतिस्पर्धा गरिरहेका छन्।