शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

महिला टी-२० विश्वकप एसिया छनोट : युएईले नेपाललाई दियो ११५ रनको लक्ष्य

सोमबार, जेष्ठ ५ २०८२

काठमाडौं । आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा युएईले नेपाललाई जितका लागि ११५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

थाइल्यान्डमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११४ रन बनाउँदै नेपाललाई ११५ रनको लक्ष्य दिएको हो ।

यूएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रन बनाइन् । तीर्था सतिशले २१ र हीना होचन्दानीले २० रन बनाए । अरू ब्याटरले उल्लेख्य खेल खेल्न सकेनन् ।

नेपालका लागि मनिषा कुमारी उपाध्यायले ४ विकेट लिइन् । यस्तै कविता कुँवरले २ र राजमती ऐरीले १ विकेट लिइन् ।

केहीबेरमा नेपालले जवाफी ब्याटिङ गर्दैछ ।

युएईमाथि जित हासिल गरे नेपाल पनि ग्लोबलमा पुग्नेछ। पराजित भए प्रतियोगिताबाट बाहिरिने छ।