बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

बिहिबार, बैशाख २५ २०८२

काठमाडौँ । भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा पाँच जनाको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

एरोट्रान्स कम्पनीको हेलिकप्टर आज बिहान सहस्त्रधारा हेलिप्याडबाट हर्षिलका लागि उडेको बताइएको छ ।

हेलिकप्टरमा पाइलट सहित सात जना सवार थिए, जसमध्ये पाँच जनाको घटनास्थलमै मृत्यु भएको र दुई जना घाइते छन् । विमानमा सवार चार जना मुम्बईका र दुई जना आन्ध्र प्रदेशका रहेको बताइएको छ ।

दुर्घटनाको कारण खुलेको छैन । दुर्घटना भएको हेलिकप्टर निजी कम्पनीको हो ।

दुर्घटनाको खबर प्राप्त भएपछि प्रहरी, राष्ट्रिय विपद् प्रतिक्रिया बल, राज्य विपद् प्रतिक्रिया बल र अन्य उद्धार टोलीहरू घटनास्थलमा पुगेका छन्।