बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

जम्मू काश्मिरमा हिन्दूलाई छानिछानी हत्या, एक नेपालीसहित २७ जनाको मृत्यु

बुधबार, बैशाख १० २०८२

काठमाडौं । भारत नियन्त्रित काश्मिर क्षेत्रमा मंगलबार राति भएको आतंककारी हमलामा २७ जनाको मृत्यु भएको छ । भारतीय मिडियाका अनुसार आतंककारीहरुले हिन्दूलाई छानिछानी हत्या गरेका छन् । हत्या हुनेमा नेपाली र यूएइका पनि भएको समाचारमा उल्लेख छ ।

मंगलबार दिउँसो आतंककारीहरूले पर्यटकहरूमाथि गोली चलाउँदा २७ जनाको मृत्यु भएको भएको हो । मृत्यु हुनेमा नेपालका एक पर्यटक र युएईका एक पर्यटक र दुई जना स्थानीय नागरिक रहेका छन् । बाँकी पर्यटकहरू उत्तर प्रदेश, गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मिडिया रिपोर्टका अनुसार लश्कर समर्थित आतंकवादी संगठन टीआरएफले यस आक्रमणको जिम्मेवारी लिएको छ ।